स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकालद्वारा राजीनामा
काठमाडौं । डा. केशर ढकाल ले पदबाट राजीनामा दिएका छन्।ढकालले असार ४ गतेसम्म बिदा लिँदै महानिर्देशक पदबाट राजीनामा दिएका हुन्। सोही मितिबाट उनी अनिवार्य अवकाशमा जान लागेका छन्।
उनको अनुपस्थितिमा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिइएको छ। स्वास्थ्य सेवा विभागमा नेतृत्व परिवर्तनसँगै आगामी प्रशासनिक जिम्मेवारी र विभागीय कामकारबाहीमा समेत गति लिने अनुमान गरिएको छ।
हालसम्म विभागमा कमजोर नेतृत्वका कारण खरिदका काम हुन सकेको थिएन अब स्वास्थ्यमन्त्रीले तत्काल सक्षम र योग्य एघारौं तहलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएर विभागको नेतृत्व हाँक्नुपर्छ । १२ तहमा कार्यरत डा. श्रीकृष्ण श्रेष्ठले पनि सरकारको गतिलाई आत्मसाथ गर्दै मार्ग प्रशस्त गर्ने तर्फ आफूलाई सोच्नुपर्ने विज्ञहरु बताउँछन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस