अब लेखिने छ ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय’


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम फेरिएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय बनेको छ। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम फेरेर स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय राखेको थियाे तर, अन्तिममा फेरि परिवर्तन भएर स्वास्थ्य तथा खाद्य स्वच्छता राखिएको हाे ।

मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राखेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका उक्त मन्त्रालयमा विगतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पादन गर्दै आएको काम, साविकको खानेपानी मन्त्रालयले गर्दै आएको कार्यमध्ये सरसफाइ सम्बन्धी जनमुखी कार्य र खाद्य स्वच्छता सम्बन्धी कार्य थपिएको छ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानेपानी मन्त्रालयको जिम्मेवारी निशा मेहताले सम्हाल्दै आएकी छिन्। उनले हेर्दै आएको खानेपानी मन्त्रालयको सरसफाइसम्बन्धी कार्य स्वास्थ्यमा हालेर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय नामकरण गरिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ