प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
काठमाडौं। प्रतिनिधिसभाको रिक्त सचिव पदमा नियुक्तिका लागि संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. ३ निवासी प्रकाश अधिकारी नियुक्त भएका छन्। नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका अधिकारीलाई सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिसमक्ष सचिव पदमा नियुक्त लागि सिफारिस गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन्।

प्रतिनिधिसभाको सचिव नियुक्तिका लागि सिफारिस भएका अधिकारी नेपाल सरकारको उपसचिव पदबाट राजीनामा दिएका कर्मचारी हुन्। निजामती सेवामा २४ वर्ष लामो कार्य अनुभव रहेका अधिकारी ४८ वर्षका भए। अधिकारीले ग्रामीण विकासमा स्नातकोत्तर गर्नुका साथै दक्षिण कोरियास्थित प्रसिद्ध क्युङ ही विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सहायता विषयमा समेत स्नातकोत्तर तहको उपाधि हासिल गरेका छन्।
सभामुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले आफ्नो कार्यभार सम्हाल्न छन्। प्रतिनिधिसभाको सचिव पद नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव सरह) को सेवा सुविधा पाउने गरिमामय पद हो। यसअघिका सचिव हर्कराज राईलाई कार्यक्षमताको अभाव देखाउँदै सभामुखको सिफारिसमा राष्ट्रपतिबाट बर्खास्त गरिएपछि यो पद रिक्त रहेको थियो। सोही रिक्त पदमा अधिकारीलाई नियुक्तिका गरिएको संसद् सचिवालयले जनाएको छ।
ट्याग : #प्रकाश अधिकारी प्रतिनिधिसभा सचिव


तपाईको प्रतिक्रिया दिनुहोस