दुई मन्त्रालय सम्हालेका मन्त्रीहरू एउटैमा सीमित भए
काठमाडौं। दुई मन्त्रालय सम्हालेका मन्त्रीहरू एउटैमा सीमित भएका छन्। मन्त्रालयहरू एकआपसमा गाभिएसँगै मन्त्रीहरू समेत एउटै मन्त्रालयमा सीमित भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय सम्हालिरहेकी निशा मेहता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री बनेकी छिन्। शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय सम्हालिरहेका सस्मित पोखरेल शिक्षा तथा खेलकुद मन्त्री बनेका हुन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेकी प्रतिभा रावल भूमि, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छिन्। सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका सुनिल लम्साल पूर्वाधार विकास मन्त्री बनेका हुन्। वन तथा वातावरण र कृषि तथा पशुपन्छी मन्त्रालय सम्हालेकी गिता चौधरी कृषि वन तथा पर्यावरण मन्त्री बनेकी छिन्। दुई मन्त्रालय सम्हालेका यी मन्त्रीहरू अब एउटैमा सीमित भएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँग गृह, रक्षा, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग गृह, रक्षा, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय रहेको छ। स्वर्णिम वाग्ले अर्थ, शिशिर खनाल परराष्ट्र, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला, सिता वादी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा, खडकराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, विक्रम तिमिल्सिना सूचना तथा सञ्चार, गौरी कुमारी यादव उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादव युवा, श्रम तथा रोजगार मन्त्री बनेका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस