सिन्धुपाल्चोकमा भ्यागुते रोगको केस फेला !
काठमाडौं । सिन्धुपाल्चोकमा भ्यागुते रोग (डिफ्थेरिया) को एक केस फेला परेको छ । केस फेला परेको विषयमा परिवार कल्याण महाशाखा र डब्लुएचओको टोलीले थप अध्ययन तथा अनुसन्धान गरिरहेका छन् ।
स्वास्थ्य लाइभलाई प्राप्त गोप्य सूचनाअनुसार उक्त संक्रमित व्यक्ति १० वर्षका भक्तपुरका हुन् । उनिहरु सिन्धुपाल्चोक चौतारा बस्दै आएका थिए। तर, घटनासम्बन्धी विस्तृत विवरण भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन। संकलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि अगाडि बढाइएको छ।
स्रोतका अनुसार परिवार कल्याण महाशाखा र डब्लुएचओको टोलीले संक्रमणको स्रोत, सम्पर्कमा आएका व्यक्तिहरू तथा जोखिमको अवस्थाबारे अनुसन्धान जारी राखेको छ।
भ्यागुते रोग अर्थात् Diphtheria नेपालमा खोप कार्यक्रमपछि निकै कम देखिने रोगमध्ये पर्छ। यद्यपि स्वास्थ्य विज्ञहरूले खोपको पहुँच कम भएका क्षेत्रमा संक्रमण पुनः देखिन सक्ने जोखिम रहने बताएका छन् ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस