संविधान संशोधनका लागि जनअधिकार पार्टीको यस्तो सुझाव


काठमाडौं । विभिन्न पार्टीहरूमा संविधान संशोधनको बहस चलिरहेका बेला जनअधिकार पार्टीले भने आवश्यक संशोधनका लागि औपचारिक सुझाव दिएको छ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका अध्यक्ष डा शरदसिंह यादवले संविधानका विभिन्न व्यवस्थामाथि संशोधन प्रस्ताव सार्वजनिक गरेका हुन्। नेपाली कांग्रेस लगायत विभिन्न पार्टीले संविधान संशोधनका लागि देशभर राय सुझाव संकलन गरिरहेका बेला जनअधिकार पार्टीले आवश्यक ठानिएका बुँदाहरू औपचारिक रुपमा संशोधनका लागि सार्वजनिक गरेका छन्।

अध्यक्ष डा. यादवले वर्तमान संविधानका केही व्यवस्था व्यवहारिक आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताएका छन् । उनले संविधान संशोधनको आवश्यकता, त्यसका आधार तथा संशोधनपछि समावेश गर्नुपर्ने नयाँ प्रावधानबारे पार्टीको धारणा सार्वजनिक गरे ।

डा. यादवका अनुसार संविधानको प्रस्तावनादेखि विभिन्न धारासम्म गरी १६ वटा स्थानमा संशोधन आवश्यक रहेको पार्टीको निष्कर्ष छ । जनअधिकार पार्टीले केही व्यवस्थाहरू थप गर्नुपर्ने, केही हटाउनुपर्ने तथा केहीलाई पुनःव्याख्या गर्नुपर्ने धारणा अघि सारेको जनाएको छ ।

पार्टीले सार्वजनिक गरेको अवधारणामा संघीय संरचना, नागरिक अधिकार, समावेशिता, शासन प्रणाली तथा राज्यका दायित्वसँग सम्बन्धित विषयहरूमा पुनर्विचार गर्नुपर्ने उल्लेख गरिएको छ ।

संविधान संशोधनको विषय पुनः राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा आइरहेका बेला जनअधिकार पार्टीको यो धारणा सार्वजनिक हुनु अर्थपूर्ण रूपमा हेरिएको छ ।

यस्ता छन् सुझाव

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ