बाबु सहसचिवबाट अवकाश भएको एक वर्षपछि छोरी पुगिन् सोही पदमा


काठमाडौं। नेपाल प्रशासन सेवाको सहसचिवबाट बाबु अवकाश भएको एक वर्षपछि छोरी सोही पदमा पुगेकी छिन्। भक्तपुर सूर्यविनायकका शिवराम न्यौपाने गत वर्ष (२०८२) बैशाख १० गते प्रशासन सेवाको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)बाट अनिवार्य अवकाशमा गएका थिए। लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीबाट ५८ वर्ष पूरा भएर शिवराम अनिवार्य अवकाशमा गएको एक वर्षपछि उक्त आयोगले नै छोरी आरतीलाई सहसचिवमा सिफारिस गरेको हो। लोक सेवा आयोगको सिफारिसमै आरतीको बाबुको नाम शिवराम र आमाको नाम मेनुका उल्लेख छ।

शिवराम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहसचिव हुँदा आरती आन्तरिक प्रतिस्पर्धाबाट नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको उपसचिव भएर उक्त मन्त्रालयमा पुगेकी थिइन्। अहिले भने शिवरामकी छोरी आरती महिला कोटाबाट ३१ वर्षमै सहसचिव बन्न सफल भएकी छिन्।

बबिताको वैकल्पिकमा रक्षा मन्त्रालयकी शाखा अधिकृत बबिता भट्टराई सिफारिस भएकी हुन्। बबिता रक्षा सचिवको सचिवालयको कमाण्ड सम्हालिरहेकी छिन्।

आरतीका श्रीमान् अर्जुन अधिकारी परराष्ट्र सेवाको उपसचिव हुन्। उनी अहिले परराष्ट्र मन्त्रालयमै कार्यरत रहेका छन्। उनी उपसचिव भएको ३ वर्षपछि महिला कोटाबाट सहसचिव भएकी हुन्। बाबुको अवकाश भएको एक वर्षपछि आरती सोही पदमा पुग्न सफल भएकी छिन्। आरक्षणको ‘सदुपयोग’ गर्दै अवकाश प्राप्त सहसचिव शिवरामकी छोरी आरती सहसचिव भएकी हुन्।

 

क्याटेगोरी : विविध
ट्याग : #आरती न्यौपाने, #शिवराम न्यौपाने

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ