ढलानमा घुस खाने सोनमा गाउँपालिकाका हाकिम यादव रंगेहात पक्राउ


काठमाडौं। ढलानमा घुस खाने महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले ७२ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

सडक ढलान योजनाको कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाइ  दुःख हैरानी दिई सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित प्रमुख प्रशासकीय अधिकृत यादवलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत यादवलाई रंगेहात नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकाे अख्तियारले जनाएको हो। आर्थिक वर्षको अन्तिम समयमा रंगेहात पक्राउ पर्ने जोखिम उच्च हुन्छ। यादव पनि घुस लिँदालिँदै रंगेहात पक्राउ परेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #श्रीदेव यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ