यी हुन् मन्त्रिपरिषद्का ४ निर्णय
काठमाडौं। मन्त्रिपरिषद्को २०८३ जेठ ११ गते बसेको बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चारवटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सरकारले प्रवक्ता सस्मित पोखरेलले सरकारले गरेका ४ निर्णय गरेको सुनाए।
यस्ता छन् मन्त्रिपरिषद्का ४ निर्णय
१, पहिलो निर्णय अन्तर्गत, अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (Letter of Reply) स्वीकृत गरिएको छ।
२, कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ, जस अन्तर्गत मोटा धानको प्रति क्वीन्टल रू. ३,६६० र मध्यम धानको प्रति क्वीन्टल रू. ३,८६० तोकिएको छ।
३, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको वेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको छ।
४, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस