हर्क साम्पाङको स्टाट्सबाट ओम अस्पतालका सञ्चालकको नाम गायब!
काठमाडौं। गरिबको पक्षमा उभिएको दाबी गर्दै आएका हर्क साम्पाङ राई धनीको प्रभावमा कसरी परिरहेका छन् भनेर भूमाफिया इन्द्रकुमार चाम्लिङ र ओम अस्पतालका सञ्चालकबाट प्रस्ट हुन्छ। साम्पाङ कहिले चाम्लिङको इशारा त कहिले ओम अस्पतालका सञ्चालकको नाममा गडबडी गर्न थालेका छन्।
चाम्लिङले फेसबुकमा एउटा स्टाट्स लेखेका थिए ‘ॐ हस्पिटल काठमाण्डौँका संस्थापक चन्द्र श्रेष्ठ लगायतका व्यक्तिहरुले सुनसरी रामधूनि ६४ बिगाहको जग्गा कसरी किने ? जब कि कागजात लाहाछाप गरेर राखिएको छ भने !’, तर, साम्पाङले उक्त स्टाट्स रातारात सच्चाएको पाइएको छ।
साम्पाङले उक्त फेसबुक स्टाट्स सच्याएर ओम अस्पतालका सञ्चालकको नाम गायब बनाएको पाइन्छ। उनले संशोधन गरेको स्टाट्समा चन्द्र श्रेष्ठको नाम गायब छ। ओम अस्पतालका संस्थापकको नाम स्टाट्सबाट गायब बनाएर उनले ‘ॐ हस्पिटल काठमाण्डौँका संचालक लगायतका व्यक्तिहरुले सुनसरी रामधूनि ६४ बिगाहको जग्गा कसरी किने ? जब कि कागजात लाहाछाप गरेर राखिएको छ भने !’, भन्ने बनाएका हुन्।

हर्क साम्पाङले भने जस्तो ओम अस्पतालका सञ्चालक चन्द्र श्रेष्ठ भेटिएनन्। बरू ओम अस्पतालको सञ्चालन समिति सदस्यको भूमिकामा जग्गा कारोबारी टंक श्रेष्ठ देखिन्छन्। घट्टेकुलो सामुदायिकका अध्यक्ष समेत रहेका टंक काठमाडौंको थापागाउँ, नयाँ बानेश्वर निबासी हुन्। पहाड घर हर्कको सँगै खोटाङ रहेका टंकलाई नै उनले चन्द्र श्रेष्ठ भनेर सम्बोधन गरेको हुन सक्छ। मालपोतको खरिदारबाट जागिर सुरू गरेका टंक अहिले ओम अस्पतालका सञ्चालक हुन्।
बालेन सरकार भूमाफियाका विरुद्धमा लडिरहेकाले साम्पाङले भने जस्तै उक्त जग्गा गलत तरिकाले ओम अस्पतालका सञ्चालकले खाएका भए छानबिनमा पर्ने निश्चित छ। तर, साम्पाङले फेसबुक स्टाट्स संशोधन गरेर ओम अस्पतालका सञ्चालकको नाम गायब बनाएकाले उनको भूमिकामाथि आशंका उब्जिएको हो।
ट्याग : #ओम अस्पतालका सञ्चालक टंक श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस