घुस लिने सुनिल पौडेल साढे ८ र दिने दिपक आनन्दलाई ८ वर्ष कैद


काठमाडौं। विशेष अदालतले घुस दिने र लिने दुबैलाई कैद सजाय सुनाएको छ। अदालतले घुस खाने आईटी माफिया सुनिल पौडेल साढे ८ र घुस खुवाउने दिपक आनन्दलाई  ८ वर्ष कैद सुनाएको हो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले घुस लिने र दिने दुबैलाई कैद तोकेको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा विशेष अदालतले साढे ८ वर्ष कैद सजाय तोकेको हो। उनलाई घुस दिने व्यवसायी दिपक आनन्दलाई पनि विशेष अदालतले ८ वर्षै कैद हुने सजाय सुनाएको हो। घुस लिने र दिने दुबै जनालाई १ करोड ५४ लाख/१ करोड ५४ लाख रुपैंयाँ जरिवाना हुने फैसला गरेको हो ।

यसअघि पनि विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका पौडेल हाल काराबासमा रहेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #सुनिल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ