यी हुन् प्रदेशबाट संघमा फर्किएका सहसचिव


काठमाडौं। प्रदेशबाट ५ सहसचिवलाई संघमा ल्याइएको छ।सुदूरपश्चिम प्रदेशका सचिव देवराज जोशी, लुम्बिनीका विनोद लामिछाने, गण्डकीका ऋषिराज आचार्य, बागमतीका कृष्णबहादुर शाही र मधेशका यमेन्द्र उपाध्याय संघमा सरूवा भएका हुन्।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव देवराज जोशी अर्थ मन्त्रालय सरूवा भएका छन्। लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव विनोद लामिछाने र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत सचिव कृष्णबहादुर शाहीको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव ऋषिराज आचार्य लगानी बोर्डको सचिवालयमा र मधेश प्रदेशको लोक सेवा आयोगमा कार्यरत सचिव यमेन्द्र उपाध्यायको महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक मन्त्रालयमा सरूवा भएको हो। सुदूरपश्चिमबाट अर्थमा सरूवा भएका जोशीबाहेक सबैको एक वर्ष बढी प्रदेश बसेका हुन्। जोशी मात्र प्रदेशबाट संघमा छोटो अवधिमा फर्किने सहसचिवमा ‘दर्ज’ भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #ऋषिराज आचार्य, #कृष्णबहादुर शाही, #देवराज जोशी, #यमेन्द्र उपाध्याय, #विनोद लामिछाने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ