पूर्वाधार विकास मन्त्रालयको ‘ओएन्डएम’ नटुंगिदा प्रशासनका सहसचिवको भएन व्यवस्थापन


काठमाडौं। पूर्वाधार विकास मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) नटुंगिदा नेपाल प्रशासन सेवाका दुई सहसचिव यथावत रहेका छन्। उक्त मन्त्रालयमा प्रशासन सेवाका सहसचिव बलराम रिज्याल र रुद्रप्रसाद पण्डित कार्यरत छन्।

साबिकको भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र खानेपानी मन्त्रालय ‘मर्ज’ भएर पूर्वाधार विकास मन्त्रालय बनेको हो। साबिकको सहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुख नारायणप्रसाद मैनालीको बागमती प्रदेशमा सरूवा भएपछि एक सहसचिव घट्यो। साबिकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बलराम रिज्याल र खानेपानी मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रूद्रप्रसाद पण्डित भने एकीकृत पूर्वाधार विकास मन्त्रालयमा यथावत छन्।

सरकारले पूर्वाधार विकास मन्त्रालयलाई एकसाथ बाहिर पठाएर प्रशासन सेवाको सहसचिव बाहिरबाट पठाउने वा दुईमध्ये एक सहसचिवलाई सरूवा गरेर व्यवस्थापन गर्ने कदम चाल्न सक्छ। तर, पूर्वाधार विकास मन्त्रालयको ‘ओएन्डएम’ नटुंगिदा प्रशासन सेवाका सहसचिवको व्यवस्थापन हुन सकेको छैन। मन्त्रालयहरूले समयमै ओएन्डएम नसक्दा सरकारको गतिमा समेत प्रभाव परेको देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ