बाराको पचरौता नगरपालिकाका पठाउदा श्रीधरले दिएका थिए राजीनामा, के गर्लिन प्रदर्शनीले?


काठमाडौं। बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाउदा उपसचिव श्रीधर पन्थीले राजीनामा दिएर हिँडेका थिए। समान्य प्रशासन मन्त्रालयले गत चैतमा पन्थीलाई बाराको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको थियो। उनी उक्त नगरपालिकामा हाजिर नभइ राजीनामा दिएर हिँडेका हुन्।

बाराको पचरौता नगरपालिका लामो समयदेखि निमित्तको भरमा चलिरहेको छ। श्रीधरले समेत कमाण्ड सम्हाल्न अस्वीकार गरेपछि सामान्यले गृह मन्त्रालयबाट प्रदर्शनी कुमारीलाई पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको हो। मन्त्रालयले गृह मन्त्रालयकी उपसचिव प्रदर्शनीलाई उक्त नगरपालिकाको कमाण्ड दिएर पठाउने निर्णय गरेको हो।

प्रदर्शनी पनि विगतमा स्थानीय तहको सरुवा बदर गराउने उपसचिवमा पर्छिन्। पर्साको पोखरीया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाउदा उनी जान मानेकी थिइनन्। त्यसको एक वर्ष पछाडि अहिले फेरि प्रदर्शनीलाई बाराको पचरौता नगरपालिकामा सरूवा गरेर पठाइएको छ। यो सरुवा भने बदर हुने सम्भावना देखिँदैन। त्यसैले प्रदर्शनी पचरौतामा हाजिर हुन्छिन् कि श्रीधरले जस्तै राजीनामा दिएर हिँड्‌छिन् हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव श्रीधर पन्थी, #प्रदर्शनी कुमारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ