सिडिओ सरूवाको तयारीबीच झापाका सिडिओ गेलालले दिए राजीनामा, ५ महिनामा जाँदै थिए घर
झापा। अवधि पुगेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरूवाकाबीच झापाका सिडिओ शिवराम गेलालले राजीनामा दिएका छन्। ५८ वर्षे उमेर हदका कारण माघ १३ गते (५ महिनाभित्र अनिवार्य अवकाशमा जान लागेका सहसचिव गेलालले राजीनामा दिएका हुन्।
गत कार्तिकमा झापाको सिडिओ बनेका गेलालको सरूवा अवधि पुगिसकेको छ। ९ महिना पूरा भएका सिडिओलाई गृहले चलाउने गरेको छ। उक्त कुरालाई मध्यनजर गर्दै ३० वर्षे सेवा अवधिबाट बच्न सिडिओ गेलालले राजीनामा दिएकाे चर्चा छ।
२०७७ सालमा सहसचिव बढुवा भएका गेलाल धेरै सिडिओ खानेमा पर्छन्। अनुभवि सिडिओ गेलालले सरूवा र अवकाशको मुखमा राजीनामा दिएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस