भदौ २३ गते बिदा दिने सरकारको निर्णय
काठमाडौं। सरकारले २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जेन-जी आन्दोलनको स्मरणमा सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। सरकारले भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ घोषणा गर्दै त्यसदिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गत भदौ २३ गते विशाल जेन-जी आन्दोलन भएको थियो। आन्दोलनमा थुप्रै जेन-जी प्रदर्शनकारीले ज्यान गुमाएका थिए। भदौ २३ गतेको आन्दोलनको जगमा बनेकाे सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
शुक्रबार, शनिबार र आइतबार लगातर बिदा रहेकोमा सोमबार छाडेर मंगलबार पनि फेरि बिदा थपिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस