राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना
काठमाडौं। राष्ट्रपति राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेका छन्। देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा मंगलबार विशेष पूजाआराधना गरेका हुन्। उनी पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना प्रथम महिला सविता पौडेलसहित पुगेका थिए। उनीहरूले पूजाअर्चना गरी पूजारीबाट फूलप्रसाद समेत ग्रहण गरेका छन्।

राष्ट्रपति पशुपतिनाथ मन्दिरमा पुग्दा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस