उद्योगमन्त्री यादवले दिइन् राजीनामा


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छिन्। उनले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा दिएको स्रोतले बतायो।

ग्यास अभाव चुलिएपछि आलोचना खेप्दै आएकी यादवले राजीनामा दिएकी छिन्। उनले राजीनामा दिएको कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन।

गत २०८२ चैत २७ गते उद्योगमन्त्री बनेकी यादव ५ महिना पूरा हुन लाग्दा राजीनामा दिएर हिँडेकी छिन्। सुरूदेखि नै उनको कार्यक्षमतामाथि पश्न उठ्दै आएको थियो। आपूर्ति व्यवस्थापन गर्न नसकेपछि मन्त्री यादवले राजीनामा दिएकाे चर्चा छ।
उद्योगीलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज नहुने अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवले २४ घण्टा नबित्दै राजीनामा बुझाएकी हुन्।
कर्मचारीहरू उद्योगीको प्रभावमा परेर आफूलाई काम गर्न नदिएको गुनासो समेत उनको रहेको थियो। यस्तो काम गर्न कर्मचारीतन्त्रसँग काम गर्न नसक्ने अभिव्यक्ति दिएकी मन्त्री यादवले अन्ततः राजीनामा नै दिएकी छिन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ