उद्योग मन्त्री बन्दै दीपककुमार साह
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह (सुनसरी) नियुक्त गर्ने भएका छन् ।
उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री शाहले दीपककुमार साहलाई मन्त्रीमा नियुक्त गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शाहले दीपककुमार साहलाई मन्त्रीमा नियुक्त गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाउने र आजै साँझ सपथ ग्रहण गराइने तयारी भएको स्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस