दुई सचिव थपिए: कुँवर लुम्बिनी र खत्री सुदूरपश्चिम प्रदेशमा पदस्थापन
काठमाडौं। सरकारले एकैदिन दुई सहसचिवलाई सचिव बढुवा गरेको छ। राष्ट्रिय समावेशी आयोगको सचिवको भूमिकामा रहेका सहसचिव बिनोदबहादुर कुँवर र अर्थ मन्त्रालयमा कार्यरत सहसचिव उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। कुँवर जेष्ठता र खत्री कार्यसम्पादन मूल्याङ्कनका आधारमा सचिवमा बढुवा भएका हुन्।
सरकारले सचिवमा बढुवा भएका कुँवरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ। त्यस्तै खत्री सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव बनेका छन्। कुँवर र खत्री दुवै राजस्व पृष्ठभूमिका कर्मचारी हुन्।
क्याटेगोरी : समाचारट्याग : #उत्तरकुमार खत्री, #बिनोदबहादुर कुँवर


तपाईको प्रतिक्रिया दिनुहोस