उद्योगमन्त्री दीपक कुमार साहले खाए शपथ
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साहले सपथ खाएका छन्। साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन्। गौरी कुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि साह मन्त्री बनेका हुन्।
शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायधीश, राष्ट्रियसभा अध्यक्ष लगाएतको उपस्थीति रहेको थियो। साह ज्ञानेन्द्रबहादुर कार्कीलाई हराएर सुनसरी ४ बाट प्रतिनिधिसभा निर्वाचित भएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस