सचिव बढुवाका लागि काली, रूद्र र आभाको नाम सिफारिस
काठमाडौं। सचिवमा बढुवाका लागि कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठको नाम सिफारिस भएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको हो। आगामी मन्त्रिपरिषद्को बैठकले एक नम्बरमा रहेका कालीलाई सचिवमा बढुवा गर्नेछ। किनकी यहाँ वरियता मिचेर सचिवमा बढुवा गरिरहन जरूरी छैन।
सचिव बढुवाका लागि एक नम्बरमा सिफारिस भएका पराजुली राष्ट्रिय महिला आयोगमा कार्यरत छन्। दोस्रो नम्बरमा सिफारिस भएका तामाङ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय कार्यरत छन्। तेस्रो नम्बरमा सिफारिस भएकी आभा मधेश प्रदेशको सचिव हुन्। अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा सचिव रिक्त रहेका छन्। सचिव डण्डुराज घिमिरे निलम्बनमा रहेकाले तत्कालका लागि दुई जना सचिव मात्र बढुवा हुने देखिन्छ। तेस्रो सचिव बढुवाका लागि राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ असोज १८ गते अनिवार्य अवकाशमा गएपछि मात्र प्रक्रिया अघि बढ्छ।
प्रदेशमा बसेको प्रमुख सचिवको अवधिका हिसाबले अब गण्डकीका प्रमुख सचिव भुपाल बराल संघमा फिर्ता हुने पालो कुरेर बसेका छन्। त्यसपछि कर्णालीकी राधिका अर्याल र मधेशका शोभाकान्त पौडेल संघमा ल्याउदा न्यायोचित हुन्छ।
ट्याग : #आभा श्रेष्ठ, #कालीप्रसाद पराजुली, #रुद्रसिंह तामाङ


तपाईको प्रतिक्रिया दिनुहोस