इमर्जेन्सीमा पैसा होइन, उपचार पहिलो प्राथमिकता : डा. विश्वराज दवाडी
काठमाडौं । नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडीले इमर्जेन्सीमा पुगेका बिरामीलाई पैसा नभएको कारण उपचारबाट वञ्चित गर्न नहुने बताएका छन्।
स्वास्थ्य लाइभसँगको विशेष कुराकानीमा उनले कुनै पनि नियम–कानुनले पैसा नभएकै कारण बिरामीको उपचार रोक्न छुट दिएको छैन। “पहिला पैसा, पछि उपचार” भन्ने व्यवस्था हुँदैन। पहिला उपचार गर्नुपर्छ, त्यसपछि भुक्तानीको विषयमा छलफल गर्नुपर्छ,” उनले भने।
तर स्वास्थ्यकर्मीले गरेको कमीकमजोरी वा बदमाशीको विषयमा भने नेपाल चिकित्सक संघ बोल्ने निकाय नभएको दवाडीले स्पष्ट पारे। उनका अनुसार संघ चिकित्सक तथा स्वास्थ्यकर्मीको हकहितका विषयमा बोल्ने संस्था भएकाले यस्ता विषयमा बोल्न आवश्यक छैन।
यस सम्बन्धी पूरा कुराकानी स्वास्थ्यलाईको युट्युबमा सुन्न र हेर्न सकिन्छ।
क्याटेगोरी : Videos, समाचार, सार्वजनिक सरोकारट्याग : ##NMA


तपाईको प्रतिक्रिया दिनुहोस