जिल्ला हाँकिरहेका महिला सिडिओहरू
काठमाडौं। देशभरका एक दर्जन जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका छन्। आधा दर्जन जिल्लामा महिला सहसचिव सिडिओ रहेको पाइन्छ। धनकुटा, तेह्रथुम, सिन्धुली, रामेछाप, दोलखा, धादिङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, सल्यान, बैतडी र डोटीका सिडिओ महिला हुन्।
सहसचिव सिडिओ हुने धनकुटामा रूद्रादेवी शर्मा, सिन्धुलीमा स्किम श्रेष्ठ, रामेछापमा बिनु बज्राचार्य कुँबर, दोलाखामा रेखा कँडेल, धादिङमा लक्ष्मी पाण्डेय (गौतम) सिडिओ रहेका छन्। उनीहरू पाँच जना नै सहसचिव हुन्। सहसचिवको दरबन्दी रहेको डोटीमा भने उपसचिव कल्पना घिमिरे नेपाल सिडिओको भूमिकामा छिन्।
त्यस्तै उपसचिवको दरबन्दी रहेको तेह्रथुममा बन्दना राई, कोपिला राई रूकुम पूर्व, जुनु हमाल ढकाल डोल्पा, अजिता शर्मा मुस्ताङ, वन्दनाकुमारी केसी सल्यान र मिना अर्यालले बैतडीको सिडिओ चलाइरहेका छन्। उपसचिवमा महिला सिडिओहरू पनि जमिरहेका छन्। यिनीहरूमध्ये तेह्रथुमकी सिडिओ बन्दना राईको भने स्थानीय तहमा सरूवा भइसकेको छ।
महिलाबाट ५ सहसचिव र ७ उपसचिवले सिडिओ हाँकिरहेका छन्। रुद्रादेवीले आधा दर्जन जिल्ला र स्किमले सिडिओमा ह्याट्रिक हानिसकेकी छिन्। बिनुले स्किमलाई पछ्याइरहेकी छिन्। सिडिओ महिलाहरूको उपस्थिति उल्लेख्य देखिन्छ।
महिला सिडिओहरू
➡️रुद्रादेवी शर्मा (सहसचिव) धनकुटा,
➡️रेखा कँडेल (सहसचिव) दोलखा,
➡️स्किम श्रेष्ठ (सहसचिव) सिन्धुली,
➡️बिनु बज्राचार्य कुँबर (सहसचिव) रामेछाप,
➡️लक्ष्मी पाण्डेय गौतम (सहसचिव) धादिङ,
➡️बन्दना राई (उपसचिव) तेह्रथुम,
➡️अजिता शर्मा (उपसचिव) मुस्ताङ,
➡️कोपिला राई (उपसचिव) रूकुम पूर्व
➡️वन्दनाकुमारी केसी (उपसचिव) सल्यान,
➡️जुनु हमाल ढकाल (उपसचिव) डोल्पा,
➡️कल्पना घिमिरे नेपाल (उपसचिव) डोटी,
➡️मिना अर्याल (उपसचिव) बैतडी,
क्याटेगोरी : समाचार
ट्याग : #अजिता शर्मा, #कल्पना घिमिरे नेपाल, #कोपिला राई, #जुनु हमाल ढकाल, #बन्दना राई, #बिनु बज्राचार्य कुँबर, #मिना अर्याल, #रुद्रादेवी शर्मा, #रेखा कँडेल, #लक्ष्मी पाण्डेय (गौतम), #वन्दनाकुमारी केसी, #स्किम श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस