प्रतिवेदन सार्वजनिक नगरी घिमिरेलाई बनाइयो गृहको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख
काठमाडौं। कप्तानगञ्ज गोलीकाण्डपछि गृह मन्त्रालयको जगेडामा तानिएका सहसचिव बासुदेव घिमिरेलाई गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख बनाइएपछि विवाद उत्पन्न भएको छ। उक्त घटनाको छानबिन प्रतिवेदन सार्वजनिक नहुँदै घिमिरेलाई गृहको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख बनाइएको हो।
सहसचिव भूपेन्द्र थापा नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक नहुँदै घिमिरेलाई जिम्मेवारी दिएपछि आलोचना हुन थालेको छ। कारबाही सिफारिस परेका भनिएका सहसचिव घिमिरेलाई मन्त्रालयमै व्यवस्थापन गरिएको हो। घिमिरेलाई कस्तो किसिमको कारबाही सिफारिस गरिएको हो खुलेको छैन। उक्त प्रतिवेदन सार्वजनिक गरेर मात्र घिमिरेलाई जिम्मेवारी दिइएको भए विवाद उत्पन्न हुने थिएन। तर गृह मन्त्रालयले प्रतिवेदन नै सार्वजनिक नगरी घिमिरेलाई जिम्मेवारी दिएपछि पश्न उठेको हो।
यता सिरहा घटनाको पनि प्रतिवेदन सार्वजनिक भएको छैन। सिरहाका सिडिओ सुरेन्द्र पौडेल पुरानै जिम्मेवारीमा छन्। दुबै प्रतिवेदन सार्वजनिक गर्नतर्फ मन्त्रालयले ध्यान दिन जरूरी छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस