उद्योग विभागको महानिर्देशक फेरिए: कल्पना श्रेष्ठ डिजी बनिन्, जितेन्द्र आए मन्त्रालय
काठमाडौं। उद्योग विभागको महानिर्देशक फेरिएका छन्। उद्योग विभागगको महानिर्देशक कल्पना श्रेष्ठलाई बनाइएको छ। उद्योग विभागका महानिर्देशक (डिजी) जितेन्द्र बस्नेत मन्त्रालय सरूवा भएका हुन्। कल्पनालाई डिजी बनाएर बस्नेतलाई मन्त्रालय ल्याइएको हो। श्रेष्ठले डिजीको कमाण्ड सम्हालि सकेकीछिन्।
डोटी, नवलपरासी, इलाम, खोटाङ जस्ता जिल्लाको सिडिओ चलाइसकेकी श्रेष्ठ उद्योगको डिजी बनेकी हुन्। उनी औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुखको अनुभव लिएर उद्योगको डिजी बनेर गएकी हुन्। बस्नेत गत पुसमा उद्योगको डिजी भएर गएका थिए। ८ महिनामै उनलाई डिजीबाट हटाइएको हो।
उद्योगमा आन्तरिक हेरफेर
औद्योगिक लगानी प्रवर्द्धन तथा औद्योगिक पूर्वाधार विकास महाशाखा प्रमुखको जिम्मेवारी रामबन्धु सुवेदीलाई दिइएको छ। प्रशासन, योजना तथा अनुगमन मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी नेत्रप्रसाद सुवेदीले पाएका छन्।
उद्योगको डिजीबाट ल्याइएका सहसचिव बस्नेतलाई संस्थान, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी दिइएको छ। द्विपक्षीय तथा बहुपक्षीय व्यापार महाशाखा प्रमुखको बुद्धबहादुर गुरुङलाई नै दिइएको छ।
क्याटेगोरी : समाचारट्याग : #कल्पना श्रेष्ठ, #जितेन्द्र बस्नेत


तपाईको प्रतिक्रिया दिनुहोस