असोजभित्र अवकाशमा जाने सहसचिवहरू


काठमाडौं। आधा दर्जन बढी सहसचिवहरू असोजभित्रै अवकाशमा जाने सूचीमा छन्। उक्त सूचीमा आधा प्राविधिक र आधा प्रशासन सेवाका सहसचिव रहेको पाइन्छ।

प्रशासन सेवाका ४ सहसचिव तीन हप्ताभित्रै अवकाशमा जाने सूचीमा रहेका छन्। उक्त सूचीमा तुलसीनाथ गौतम, ओमबहादुर खड्का, जयकुमार घिमिरे र सन्तोषकुमार दाहाल रहेका छन्। गौतम असोज १३, खड्का र घिमिरे असोज १४ तथा दाहाल असोज २२ गते अनिवार्य अवकाशमा जाने सूचीमा रहेका हुन्।

गौत र घिमिरे भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका छन्। खड्का सुदूरपश्चिम प्रदेश र दाहाल राष्ट्रपति कार्यालयका सहसचिव हुन्। राष्ट्रपतिको निजी सचिवको नाममा अनावश्यक दरबन्दी राखेर दाहाललाई व्यवस्थापन गरिएको हो। खासै काम नहुने राष्ट्रपति कार्यालयमा नेपाल प्रशासन सेवाको ३ सहसचिवको दरबन्दी राखेर सहसचिव ‘डम्प’ गर्ने थलो बनाएको छ।

यता प्राविधिक तिर पनि ४ सहसचिव अवकाशमा जान लागेका छन्। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सहसचिव (प्रवक्ता) शैलेशकुमार झा (इन्जिनियरिङ) असोज ३ गते (पर्सी) अवकाशमा जाँदैछन्। कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय सचिव (सहसचिव) पशुपति ढुंगाना असोज ३ गते नै अवकाशमा जाने सूचीमा छन्।

कोशी प्रदेशको खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालय सचिव पुष्करप्रसाद पोखरेल असोज २३ गते र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका सहसचिव रविन्द्र महर्जन असोज २४ गते अनिवार्य अवकाशमा जान लागेका छन्। ५८ वर्ष पूरा भएर उनीहरू अवकाशमा जान लागेका हुन्।

असोजभित्रै अवकाशमा जाने सूचीमा रहेका सहसचिवहरू विनोद लामिछाने, चन्द्रबहादुर शिवाकोटी र लेखनाथ ज्ञवाली राजीनामा दिएर बाटो तताइसकेका छन्। लामिछाने असोज १४ गते, शिवाकोटी र ज्ञवाली असोज २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा थिए। त्योभन्दा सामान्यको अतिरिक्तमा रहेका लामिछाने र शिवाकोटीले राजीनामा दिएर हिँडिक्दा गौतम र घिमिरे भने दिनगन्ती गरेर बसिरहेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #ओमबहादुर खड्का, #चन्द्रबहादुर शिवाकोटी, #जयकुमार घिमिरे, #तुलसीनाथ गौतम, #पशुपति ढुंगाना, #पुष्करप्रसाद पोखरेल, #रविन्द्र महर्जन, #लेखनाथ ज्ञवाली, #विनोद लामिछाने, #शैलेशकुमार झा, #सन्तोषकुमार दाहाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ