ठूला करदाता कार्यालयका हाकिम शर्माको राजीनामा, बजेट महाशाखामा बाँस्तोला
काठमाडौं। अर्थ मन्त्रालयको ठूला करदाता कार्यालय प्रमुख केदारनाथ शर्माले राजीनामा दिएका छन्। फागुन १३ गते ५८ वर्ष पूरा भएर घर जान लागेका सहसचिव शर्माले ५ महिना अघि नै राजीनामा दिएर हिँडेका हुन्। उनले ‘पेन्सन’ जोगाउने उपाय निकालेका छन्।
ठूला करदाता कार्यालयका हाकिम शर्माले राजीनामा दिएसँगै उक्त कार्यालय प्रमुखमा प्रेमप्रसाद आचार्यलाई पठाइएको छ। आचार्य भन्सार विभागका उपमहानिर्देशक रहेका थिए। भन्सार विभागको उपमहानिर्देशकमा भने नारायणप्रसाद रिसाललाई व्यवस्थापन गरिएको हो।
अर्थ मन्त्रालय शक्तिशाली बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बन्धुप्रसाद बाँस्तोलालाई बनाइएको छ। बाँस्तोला लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सहसचिवबाट अर्थमा सरूवा भएर आएका थिए। बजेट महाशाखा प्रमुख सुमन दाहाल राजस्व व्यवस्थापन महाशाखा प्रमुखमा सरुवा भएका छन्। उत्तरकुमार खत्री सचिवमा बढुवा भएपछि उक्त महाशाखा खाली थियो। सुमन उक्त महाशाखामा सरेका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस