उपत्यकाका ९ नगरपालिकामा फेरिए प्रमुख प्रशासकीय अधिकृत


काठमाडौं। काठमाडौं उपत्यकाका ९ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। काठमाडौं कागेश्वरी मनोहरा, बुढानिलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन्। त्यस्तै भक्तपुरको चाँगुनारायण र ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरूवा भएका हुन्।

अवकाशको मुखमा रहेका कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी राष्ट्रिय सूचना आयोग पुगेका छन्। बुढानिलकण्ठका अजय बर्तौला खडक नगरपालिका सप्तरी पुगेका हुन्। गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीको जिल्ला समन्वय समिति मुगुमा सरूवा गरिएको छ। कीर्तिपुरका रामदत्त भट्ट र शंखरापुरका चुरामणि पन्थीको गृह मन्त्रालय, दक्षिणकालीका राममणि काफ्लेको निलकण्ठ नगरपालिका धादिङ र तारकेश्वरका धर्मराज लम्सालको कमला नगरपालिका धनुषा सरुवा भएको हो।

कागेश्वरी मनोहरा नगरपालिकामा श्रवणकुमार साह, बुढानिलकण्ठमा विनोद कुँवर, गोकर्णेश्वरमा नेत्रबहादुर वली, कीर्तिपुरमा देवराज चौलागाई, दक्षिणकालीमा हरेन्द्रकुमार श्रेष्ठ, तारकेश्वरमा शेखरकुमार रोकाया प्रमुख प्रशासकीय अधिकृत भएर आएका छन्।

त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ थाहा नगरपालिका र ललितपुर गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का जिल्ला समन्वय समिति सर्लाही पुगेका छन्। गोदावरी नगरपालिकामा टेकराज अर्याल आएका हुन्।

भूमिका डन उपसचिव रोशनशंकर घिमिरे भूमि प्रशासन कार्यालय धादिङ पुगेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ