भोटेकोशीको बाढीले सोधिरहेको तीन प्रश्न


१. यसलाई अझै ‘बाढी’ भनिरहन्छौ ?

२. खोलाको किनारमा अझै नक्सा पास गरिरहन्छौ ?

३. खोलामा पानीको सतह नाप्न राखेको प्रणालीलाई अझै ‘पूर्व सुचना प्रणाली’ भनिरहन्छौ ?

१. अझै ‘बाढी’ भनिरहने

खोलाको सतहभन्दा धेरै माथी – घरको छतमा बसेका मानिसहरु वगाएको छ, सडकमा गुडिरहेका मानिसहरु बेपत्ता भएका छन्, मानिसहरु ‘ठूलो बाढी आउदै छ’ भनेर खोलाको किनार र पुलबाट भिडियो बनाइरहेका थिए । ‘बाढी’ भनेको त – आकाशबाट परेको ठूलो पानीको कारणले खोलाको सतह बढछ, कहिलेकाँही खोला भन्दा माथिको सडकमा पनि आहाल आउँछ – नदिका किनारहरु कटान गर्छ – सबैले बुझेको र हामीले बुझाएको बाढी पनि त्यही हो । यो भन्दा बिलकुल फरक प्रकृति त्यहाँ देखियो । यसलाई अझै ‘बाढी’ भनिरहने । बेत्रावती वा त्रिशुली कटेपछि त्यो ‘जल प्रलय’ – बाढी भयो होला तर माथि त ‘बाढी’ भन्न सुहाउँदैन है । यसको उपयुक्त नामाकरण गरिनु पर्छ ताकी भविष्यमा यस्तो भयो भने समयमै जनता सतेच होउन ।

२. खोलाको किनारमा गरिने नक्सा पास

कानुन बमोजिम अनुमति लिएर आफ्नो निजी सम्पतिमा बनाएका घरहरु बगाएका छन् । खोलाको किनारमा हामीले नक्सा पास गरिरहेका छौ, विधुत-टेलिफोन लगायत उपयोगिताहरु पुर्याइदिएका छौ, त्यहाँका ब्यापार-व्यवसायसंग ‘कर’ पनि असुल गरिरहेका छौ । सरकारी अनुमति लिएर – सबै प्रकृया पुर्याएर जनताले खोलाको किनारमा बस्ती बसाएका छन् – यसमा ती जनताको दोष हो की अनुमति दिने हाम्रो सरकारी प्रणाली दोष हो ? समस्या कहाँ छ भनेर समस्याको ‘जरो’ मा पत्ता लगाएर अवका दिनमा समाधान गर्नु पर्छ की । नेपालमा अन्य धेरै स्थानमा खोलाका किनारहरुमा ठूला-ठूला वस्तीहरु छन् । ती बस्तीहरुहरुलाइ ‘निरन्तरता’ दिने की ‘विकल्प’ मा कार्य सुरु गर्ने हो ।

वि.सं. २०७२ सालमा जारी भएको नेपालको संविधानको धारा २५ ले ‘प्रत्येक नागरिकलाई कानुनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचविखन गर्ने, व्यवसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ’ भनी सम्पत्ति सम्वन्धी मौलिक अधिकार प्रदान गरेको छ । यस अनुरुप कानुन बनाउँदा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११.छ (६) मा राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माणको अनुमति, अनुगमन तथा नियमन गर्ने अधिकार पालिकाहरुलाई दिएको छ । यसै प्रावधानको आधारमा अबका दिनमा पालिकाहरुले आफ्नो क्षेत्रको जमिनहरुलाई जोखिम अनुसार वर्गिकरण गरी सोही बमोजिम कुन स्थानमा वस्ती वसाउन दिने भन्ने विषय निर्क्योल गर्नुपर्छ ।

३. हाम्रो पूर्व सुचना प्रणाली

स्याटलाईटबाट लगायत अन्य स्रोतहरुबाट प्राप्त सूचनाहरु विश्लेषण गर्ने, पाखातिर कति पानी पर्यो – नाप्ने तथा खोलामा पानीको सतह नाप्ने, निश्चित मिटरभन्दा माथि पानीको सतह बढेमा पहेलो र रातो चिन्ह देखाउने – त्यसपछि ‘सतर्क’ र ‘चेतानवी’ का सुचना प्रशारण गर्ने र एसएमएसहरु पठाउने – यसलाई ‘पूर्व सुचना प्रणाली’ भन्ने । अहिलेको यो ‘प्रलय’ मा खोलामा नाप्त राखिएको क्यामेराहरु नै बगाएको छ । हिमाली हलचलपश्चातको केही मिनटमै तटीय क्षेत्रका घर-बजारहरु बगाएको छ । नेपालमा अन्य धेरै स्थानमा खोलाका किनारमा घर-बजारहरु छन,यस्तो अवस्थामा ‘हामीसंग पूर्व सूचना प्रणाली’ छ भनेर भनिरहेने हो या यस विषयमा थप कार्य गर्ने हो । पूर्व सूचना दिदाँपनि जोखमको संवेदनशीलता उल्लेख नगरिदाँ पूर्वसूचनालाई गम्भिररुपमा लिएको पाइएन् । भदौ १० विहान ९.३५ मा गएको पूर्व सूचना ‘भोटेकोशी नदी रसुवामा तिव्वत तर्फबाट ठूलो वाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रिशुली नदीको तटीय क्षेत्र (मुग्लिङसम्म) उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ – वाढी पूर्वानुमान महाशाखा’ भनिएको त थियो तर यसले संम्भावित विपद्को आँकलन गर्न मद्दत पुर्याएन । यसले के देखायो भने – पूर्व सूचना प्रणालीको तरिका र सान्दर्भिताको बारेमा थप कार्य गर्नुपर्छ ।

 

 

क्याटेगोरी : विचार, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ