यी हुन् नेपाल सरकारका ५८ वर्ष पूरा भएका सचिव
काठमाडौं। ५५ वर्ष उमेर र ३० वर्ष सेवा अवधि पूरा कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गृहकार्य भइरहेको छ। उक्त प्रस्तावले मुख्यसचिव गृहसचिवसहित ठूलो संख्यामा विशिष्ट श्रेणीका कर्मचारीहरू घर जानेछन्। अहिले पनि कर्मचारीहरू ५८ वर्ष पूरा भएपछि अनिवार्य अवकाशमा जानेछन्। तर, नेपाल सरकारका दुई सचिव ५८ वर्ष पूरा भइसकेर पनि पदमै बसिरहेका छन्।
५८ वर्ष पूरा भएर पदमै बसिरहने नेपाल सरकारका सचिव हुन्। डा. विकास देवकोटा र डा. रोजनाथ पाण्डे। डा. देवकोटा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव हुन्। डा. पाण्डे संघीय संसद् सचिवालयको सचिव पदमा कार्यरत छन्। दुबै सचिव ५८ वर्ष पूरा भइसकेका हुन्।
कसरी बसे ५८ वर्ष पारीका सचिव
निजामती कर्मचारीका हकमा ५८ वर्ष पूरा भएपछि अनिवार्य अवकाशमा जाने व्यवस्था छ। निजामतीमा ५८ पूरा भएपछि कोही पनि पदमा रहँदैन। तर, स्वास्थ्य र संसद् सेवा फरक भएकाले दुबै सेवामा अवकाशको उमेर हद ६० वर्ष राखिएको हो। स्वास्थ्य र संसद्को विशिष्ट श्रेणीमा ६० वर्ष उमेर वा ५ वर्ष सेवा अवधिका कारण अवकाशमा व्यवस्था रहेको छ। त्यसैले ५८ पूरा भएका दुई सचिव पदमा बहाल रहन सफल भएका हुन्।
निजामतीतिर थिए भने डा. देवकोटा अवकाशमा गएको ३ महिना र डा. पाण्डेको दुई महिना भइसकेको हुने थियो। स्वास्थ्य र संसद् सेवाका सचिव भएकाले डा. देवकोटाले अझै डेढ वर्ष र डा. पाण्डेले एक वर्ष ३ महिना (पाँच वर्ष पूरा) जागिर खाने देखिन्छ। स्वास्थ्य सचिव डा. देवकोटाको हकमा अतिरिक्त सचिवको पनि अवधि जोडिएकाले ६० वर्ष पूरा जागिर खाने अवस्था नरहेको हो।
निजामतीसँग समानता कयाम गर्ने भनेर एकपटकका लागि स्वास्थ्य र संसद् ५५-३० ल्याइदिए भने चाहिँ खेलो खलास हुन्छ। अहिलेको अवस्थामा यो परिस्थिति नबन्ला भन्न पनि सकिन्न।
क्याटेगोरी : समाचारट्याग : #डा. रोजनाथ पाण्डे, #डा. विकास देवकोटा


तपाईको प्रतिक्रिया दिनुहोस