परिवारको जिम्मामा छाडियो चोलेन्द्रलाई


काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरालाई परिवारको जिम्मामा छाडिएको छ। मध्यराति प्रहरीको काठमाडौं उपत्यकाका अपराध अनुसन्धान कार्यालय पुऱ्याएका चोलेन्द्रलाई प्रहरीको जिम्मामा छाडिएको हो।

चोलेन्द्र पक्राउ परेपछि अनेक अडकलबाजी चलेका थिए। सुरक्षा ‘थ्रेट’देखि मुद्दा सेटिङसम्मका चर्चा चुलिएका थिए। बिना प्रक्राउ पुर्जी समातिएको भनेर तरंग उत्पन्न भएको थियो। यसैबीच उनी परिवारको जिम्मामा छाडिएका छन्। पक्राउ पर्नुको कारण समेत प्रहरीले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ