सरूवा भएका काठमाडौंका सहायक सिडिओ भुसाल भंगहामा हाजिर भएनन्, नगरपालिकाले गऱ्यो ताकेता


काठमाडौं। महोत्तरीको भंगहामा नगरपालिकामा सरूवा भएका काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल अहिलेसम्म हाजिर नभएको पाइएको छ। सरूवा भएको एक महिनाभन्दा बढी समय बित्दा पनि उनी हाजिर नभएपछि भंगहा नगरपालिकाका मेयरले संघीय सरकारलाई गुहारेका छन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले प्रमुख प्रशासकीय अधिकृत भुसाललाई जिम्मेवारी सम्हाल्ने व्यवस्था मिलाइदिन ध्यानाकर्षण गराएका छन्। सामान्य प्रशासन मन्त्रालयले भदौ १ गते नै खिमलाल भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको थियो। असोजको पहिलो हप्ता बित्दा पनि भुसाल नगएपछि भंगहाका मेयरले संघीय सरकार गुहारेका हुन्।

एकैदिनको निर्णय अनुसार काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी भुसाल महोत्तरीको भंगहा नगरपालिका र तुलसीप्रसाद दाहाल रौतहटको इशनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका थिए। दाहाल प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्न थालिसक्दा पनि भुसाल हाजिर नभएपछि मेयर उनको खोजीमा निस्किएका हुन्।

२१ दिनभित्रमा रमाना दिएर पठाइसक्नु पर्नेमा गृह मन्त्रालयबाट सरूवा भएका उपसचिवहरू साविक कै कार्यालयमा रूमल्लिरहेको पाइन्छ। स्थानीय तह आफैंले गुहार माग्नु पर्ने अवस्था आएको छ। सामान्य प्रशासन कार्यालयले पनि एक्सन लिन सकेको देखिँदैन। सरूवा कार्यान्वयन गर्न नसके मन्त्रालयको निर्णयमाथि समेत गम्भीर पश्न खडा हुन सक्छ। त्यसैले स्थानीय तहको समस्यालाई आत्मसात गर्दै तत्काल प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने व्यवस्था गर्न सामान्य प्रशासन मन्त्रालय तात्नुपर्ने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ