दुइ दिनमा चार उडान मार्फत १० लाख डोज खोप काठमाडौं आउने


काठमाडौं । चीन सरकारले अनुदानमा दिन लागेको १० लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप दुई दिनमा चार उडान मार्फत काठमाडौं आउने भएको छ । चिनियाँ राजदूताबासले दिएको जानकारी अनुसार उक्त खोप १ जुन र २ जुनमा दुई जहाजले लिएर आउने छन् । विमान स्थलमा कुनै हप्तान्तरणको कार्यक्रम राखिएको छैन ।

कोरोना विरुद्धको भेरोसेल खोप २ देखि ८ डिग्रि सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ । प्रत्येक उडानको लागि अनुमानित क्षमता करीव १०० डिब्बाहरू हुन्छन् । त्यस्तै काटुनको आकार ८७५७५–७५–७५५–७५७५७५ मिमी) रहेको छ । त्यस्तै प्रत्येक काटुनमा ४८० डोज हुने छ त्यो सामान ७४ केजिको हुने छ । जम्मा ४१७ काटुन हुने छन् जसमा ३० हजार ८५८ केजी सामान हुनेछ ।


सुरक्षा सुनिश्चित गर्न दुतावासले हस्तान्तरण कार्यक्रम राखेको छैन । दुतावासले भनेको छ, कर्मचारीको एकाग्रता कम गर्न हामी कुनै पनि हस्तान्तरण समारोह आयोजना गर्न सुझाव दिदैनौं । यद्यपि यो कन्सन्टमेन्ट प्राप्त गर्ने नेपाली कर्मचारीले एयरपोर्टमा कन्साइनमेन्ट खाली गर्ने र सेन्टर भण्डारण हुने स्थानको तस्विर लिनका लागि फोटो लिन सक्छन् ।

दुतावासले मिडियाहरु नलान भनेको छ । नेपाली मिडियाले खोपहरू प्राप्त गर्ने बारेमा कभरेज र रिपोर्टि गरेको लिङ्कहरु इमेल मार्फत आदान प्रदान गरिने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com