सर्वोच्च र उच्च अदालतका ३ सहसचिवको जिम्मेवारी हेरफेर
काठमाडौं। अदालतका ३ सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ। उच्च अदालत पाटनका रजिष्ट्रार डा. अशोककुमार क्षेत्रीको सर्वोच्च अदालतमा सरूवा गरिएको छ। क्षेत्रीलाई सर्वोच्च अदालतको सहरजिष्ट्रारमा सरूवा गरिएको हो।
उच्च अदालत पाटनको रजिष्ट्रारमा अर्जुनप्रसाद कोइरालालाई पठाइएको छ। सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सहरजिष्ट्रार कोइरालालाई पाटनको रजिष्ट्रारमा सरूवा गरिएको हो। क्षेत्री सर्वोच्च र कोइरालाको उच्च अदालत पाटन पुगेका हुन्।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका रजिष्ट्रार तारादत्त बडुको सर्वोच्च अदालतको सहरजिष्ट्रारमा सरुवा भएको छ।
त्यस्तै फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक रमेश श्रेष्ठ नुवाकोट जिल्ला अदालतको स्रेस्तेदार भएर गएका छन्। दार्चुला जिल्ला अदालतका स्रेस्तेदार जानकीरमण यादव उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको रजिष्ट्रारमा सरुवा भएका हुन्।
त्यसैगरी २९ अधिकृत तृतीय श्रेणीका कर्मचारीको विभिन्न अदालतमा सरूवा भएको हो।

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस