१० वर्ष भ्ररष्टाचार मुद्दा खेपेका चितवनका ‘सेलीब्रेटी’ सिडिओ गणेश अर्याल


समाचार टिप्पणी

काठमाडौं। ‘जेन-जी’ आन्दोलन अघिदेखि अहिलेसम्म कार्यरत एक मात्र प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुन् गणेश अर्याल। उनी सत्तापलट गर्ने गरी भएको ‘जेन-जी’ आन्दोलनको ३ दिन अघि मात्र चितवनको सिडिओमा हाजिर भएका थिए। रमेश लेखक, ओमप्रकाश अर्याल हुँदै सुदन गुरूङसम्म आइपुग्दा ३ जना गृहमन्त्री फेरिसके। गृह सचिव पनि गोकर्णमणि दुवाडी, रामेश्वर दंगाल, राजकुमार श्रेष्ठ हुँदै केदारनाथ शर्मा गरी ४ जना परिवर्तन भइसके। तर, चितवनका ‘सेलीब्रेटी’ सिडिओ अर्याल हालसम्म कायम छन्। काठमाडौंको सिडिओ ईश्वरराज पौडेलभन्दा अगाडि गणेश चितवनको सिडिओ बनेका हुन्।

२०५१ सालदेखि नै राजस्वको नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका अर्याल राजीनामा दिएर उपदान लिँदै प्रशासन सेवाको शाखा अधिकृत, उपसचिव र सहसचिव बन्न सफल भएका थिए। ‘सेलीब्रेटी’ सिडिओ अर्यालले जागिरे जीवनमा थुप्रै हण्डर-ठक्कर खाएका छन्। अर्याल २०५९ सालमा श्रम तथा रोजगार प्रर्वद्धन विभागका शाखा अधिकृत (अनुसन्धान अधिकृत) हुँदा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा (अकृत सम्पत्ति) आर्जनमा भ्रष्टाचार मुद्दामा परेका थिए। त्यसपछि ४ वर्ष निलम्बनमा परेर उनले सफाई पाए। उक्त मुद्दा सर्वोच्चमा पुगेर किनारा लाग्न १० वर्ष लाग्यो। त्यो बेला उक्त कार्यालय निकै आकर्षक मानिन्थ्यो। विभिन्न उजुरी परेपछि अर्यालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको देखिन्छ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि अर्याल जागिर माया मारेर वैदेशिक रोजगारीमा गए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०५९ सालमै अर्यालविरुद्ध ८२ लाख ४० हजार ७ सय २ रुपैयाँ ५६ पैसा बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो। काठमाडौंको बालाजुमा १५ आना र त्यसमा निर्मित घर तथा उक्त ठाउँमा रहेको अर्को ६ आनामा जग्गा, विभिन्न बैंकमा मौज्दात रहेको रकमसहित खुलाएर उक्त विगो कायम गरिएको अख्तियारको अभियोगमा उल्लेख छ। २४/२५ वर्ष अगाडि त्यति बिगो निकै ठूलो हो।

विशेष अदालतबाट सफाइ पाएपछि जागिरमा फर्किएका अर्याल स्थानीय विकास अधिकारी, श्रम, यातायात, सहकारी जस्ता आकर्षक कार्यालयमा उनी बसे। सहसचिव भएपछि अर्याल रूपन्देही, पर्सा र चितवनको सिडिओ बने। हाल उनी चितवन कै सिडिओमा कार्यरत छन्। त्यति मात्र सहसचिव अर्याल ‘जेन-जी’ आन्दोलन अगाडिदेखि हालसम्म एउटै जिल्लामा कार्यरत एक मात्र सिडिओ हुन्। सिडिओ अर्याललाई त्यो बेला अकुत सम्पत्ति आर्जनमा सफाइ दिने विशेष अदालतका न्यायाधीशमध्ये एक चोलेन्द्र शम्शेर जबरा अहिले निकै चर्चामा छन्। अर्याल पनि कम चर्चामा छैनन्।

मंसिरमा ५६ वर्ष पूरा हुन लागेका सहसचिव अर्याल चितवनका ‘सेलीब्रेटी’ सिडिओ हुन्। उनी चितवनको सिडिओ भएको १३ महिना हुन लागेको छ। कहिले नारायणीको पुलमा अड्केको ‘क्रुज’ निकाल्ने त कहिले सिठ्ठी फुक्ने गरेर उनी पछिल्लो समय निकै चर्चामा आएका छन्।

गुल्मी अर्जेका अर्याल पछिल्लो समय भरतपुर महानगरपालिकाको भावी मेयरको उम्मेदवार बन्ने चर्चा चल्न थालेको छ। १० वर्ष भ्रष्टाचार मुद्दा चलेर ४ वर्ष बढी निलम्बनमा परेर फेरि सरकारी सेवामा फर्किएका संघर्षशील अर्याल अहिले ‘सेलीब्रेटी’ सिडिओको रूपमा परिचित छन्। २०७४ सालमा नेपाल न्याय सेवा, कानुन समूहको सहसचिवमा सिफारिस हुँदा यज्ञप्रसाद भट्टराईसँग वैकल्पिकमा परेका अर्याल बढुवाको माध्यमद्वारा २०७७ सालमा नेपाल प्रशासन सेवाको सहसचिव भएका हुन्।

कार्यक्षमताका आधारमा अर्यालसहित मनोजकुमार आचार्य, धानप्रसाद पंज्ञानी, गोविन्दप्रसाद सुवेदी, अच्युतप्रसाद सिवाकोटी, होमप्रसाद लुइँटेल, विश्वप्रकाश अर्याल, प्रदीपकुमार लुँइटेल, विश्वप्रकाश अर्याल, प्रदीपकुमार निरौला, शिवराम गेलाल, भोजराज खतिवडा, शिवराज चौलागाई, गणेश अर्याल, राजेन्द्रदेव पाण्डे, टेकबहादुर केसी, सुनील खनाल, कृष्णप्रसाद सापकोटा, किरण थापा, भगना अर्याल, भरतकुमार शर्मा, प्रेमलाल लामिमछाने, जनार्दन गौतम, कमलराज ढकाल र तुलसीनाथ गौतम सहसचिव बढुवा भएका थिए। अब गणेश अर्याल, विश्वप्रकाश अर्याल, राजेन्द्रदेव पाण्डे र कृष्णप्रसाद मात्र बाँकी छन्। उक्त ‘ब्याच’का बाँकी रहेका चारैजना सहसचिव ५५ पारीका हुन्। गणेश चितवन र विश्व रूपन्देहीको सिडिओको भूमिकामा छन्। अहिले मार्केटमा कुनै सिडिओ चर्चा हुँदा गणेशको नाम अग्रपङ्तीमा आउँछ।

क्याटेगोरी : समाचार
ट्याग : #गणेश अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ