मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेग्मीको ‘बिजुली गति’मा संघमा सरूवा


काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक उपसचिवलाई बिजुली गतिमा सरूवा गरेको छ। रामेछापको मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नमिता रेग्मीलाई मन्त्रालयले ‘बिजुली गति’मा सरूवा गरेको पाइएको हो। त्यो कुरा सार्वजनिक भएका तथ्यहरूबाटै पुष्टि हुन्छ।

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव रेग्मीलाई गत भदौ १ गते मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको थियो। उनला अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट मन्थली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो। तर, त्यसको डेढ महिना नहुँदै रेग्मी महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत सरूवा भएको पाइन्छ।

रेग्मी भदौं २२ गते मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएकी थिइन्। मन्थलीमा हाजिर भएको एक महिना पनि नभइ प्रमुख प्रशासकीय अधिकृत रेग्मी बिजुली गतिमा संघमा सरूवा मिलाएर आउन सफल भएकी छिन्। यस्तो नमूना बिजुली गतिलो सरूवा पश्न उठाएको छ।

मन्त्रालयले भर्खर उपसचिव भएका मनोज अधिकारीलाई मन्थलीमा पठाएर रेग्मीलाई सिंहदरबार ल्याएको हो। अख्तियारबाट मन्थली पुगेर बिजुली गतिमा सिंहदरबार सरूवा भएकी रेग्मी ‘रकेट’ गतिमा बिदा भएर हिँडेकी हुन्। पछिल्लो सरकारको पालामा बिजुली गतिमा सरूवा हुने कर्मचारीमा रेग्मी ‘दर्ज’ भएकी छिन्।

सामान्यले महोत्तरीको भंगाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पठाएका काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको पनि सरूवा बदर गरेको छ। भंगहामा अञ्जली लिम्बुलाई प्रमुख प्रशासकीय अधिकृत पठाएर भुसालको सरूवा बदर गरेको हो। पछिल्ला सरूवा हेर्दा अडानमा बसेको सामान्यले विस्तारै गति छाड्न थालेको देखिन्छ। यस्तै ताल हो भने त सामान्य प्रशासनको सुशासनले थानकोटको डाँडा काट्ने निश्चित छ।

सामान्यको पछिल्लो सरूवा हेर्दा पार्वती शर्मा कै पालामा जस्तो बेथितितिर फर्किने खतरा बढेको छ। रेग्मीको सरूवाले शक्तिशाली कर्मचारीहरूलाई बिजुली गतिमा सरूवा गर्न र सरूवा उल्ट्याउन नजिर बन्ने अवस्था आएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #नमिता रेग्मी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ