उपसचिव काफ्ले, भण्डारी र रेग्मी स्वास्थ्य मन्त्रालय भित्रिए


काठमाडौं। उपसचिव खेमराज काफ्ले, अशोककुमार भण्डारी र टेककुमार रेग्मी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भित्रिएका छन्। स्वास्थ्यबाट ४ उपसचिव बाहिरिदा काफ्ले, भण्डारी र रेग्मी स्वास्थ्यमा भित्रिएका हुन्।

रेग्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट स्वास्थ्य तथा खाद्य स्वच्छतामा भित्रिएका छन्। बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी र जिल्ला समन्वय समिति कञ्चनपुरका समन्वय अधिकारी काफ्ले स्वास्थ्यमा सरूवा भएका हुन्।

स्वास्थ्यबाट भने वीर अस्पताल कार्यरत उपसचिव हरि पंगेनी बाहिरएर गृह मन्त्रालय पुगेका छन्। स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागबाट उपसचिव प्रेमकाजी महर्जन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका हुन्। उनी अवकाशको मुखमा छन्।

स्वास्थ्य सेवा विभागका उपसचिव प्रकाश देवकोटा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गत सरूवा भएका छन्। त्यस्तै प्राविधिक उपसचिव ( केमेष्ट)केशव पौडेल स्वास्थ्यबाट कृषिमा पुगेका हुन्। स्वास्थ्यमा आउनेभन्दा जाने उपसचिव दोब्बर देखिएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #खेमराज काफ्ले, #टेककुमार रेग्मी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ