१० वर्ष अगाडि शोभाकान्त पौडेलले लगेको भन्सार विभागको गाडी बल्ल गरे फिर्ता


काठमाडौं। १० वर्ष अगाडि शोभाकान्त पौडेलले लगेको भन्सार विभागको गाडी बल्ल फिर्ता गरेका छन्। ‘शोभाकान्त पौडेलले १० वर्ष अगाडि लगेको भन्सार विभागको गाडी अझै गरेनन् फिर्ता’ शीर्षका समाचार प्रकाशित गरेपछि पौडेलले गाडी फिर्ता गरेका हुन्। उनको गाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देखा परेको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि उनले गाडी फिर्ता गरेको स्रोतले बतायो।

शोभाकान्तले भन्सार विभागको उपमहानिर्देशक हुँदा नै उक्त गाडी लगेको स्रोतले बतायो। उनी विभागको महानिर्देशक समेत भए। उनलाई प्रदेश सरकारले छुट्टै गाडी उपलब्ध गराएपनि भन्सार विभागको गाडी समेत लिएर हिँडिरहेका थिए। शोभाकान्तले भन्सारबाट लिएर हिँडेको उक्त क्रेटा गाडीमा रातो प्लेटमा बागमती प्रदेश-०१-०३३ च ४२२४ नम्बर राखेर दुरूपयोग गरिरहेको फेला परेको थियो। उक्त गाडी फिर्ता आएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरू बताउँछन्। शोभाकान्तको कब्जामा रहेको भन्सार विभागको गाडी १० वर्षपछि बल्ल फिर्ता आएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ