एउटै ‘ब्याच’का आन्तरिक राजस्व विभागका महानिर्देशक भुसाल र उपमहानिर्देशक शर्मा
काठमाडौं। आन्तरिक राजस्व विभाग एएउटै ‘ब्याच’का कर्मचारीले हाँकिरहेका छन्। आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसाल र उपमहानिर्देशक जनकराज शर्मा ‘ब्याची’ हुन्। भुसाल र शर्मा २०६७ साल असारमा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव भएका थिए। सहसचिवमा ‘टिपेर’ अगाडि बढेका भुसाल अहिले आन्तरिक राजस्व विभागको महानिर्देशकको भूमिकामा छन्। ‘ब्याची’ शर्मा उक्त विभागको उपमहानिर्देशक हुन्।
२०६७ असारमा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव हुँदा खिमबहादुर कुँवर एक नम्बरमा सिफारिस भएका थिए। त्यसपछि जनकराज शर्मा, अर्जुनप्रसाद भट्टराई, भीष्मकुमार भुसाल र धनिराम शर्मा रहेका थिए। भट्टराई ५० वर्ष पूरा भएर अवकाशमा गइसकेका छन्। सबैलाई ‘टपेर’ सहसचिव भएका धनिराम एसियाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशक भएर फिलिफिन्सको मनिला पुगेका हुन्। एक नम्बरका कुँवर लुम्बिनी प्रदेशतिर छन्। भीष्म र जनक एउटै विभागमा चालक र सहचालकको भूमिकामा रहेका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस