धरान उपमहानगरपालिकाको सरूवालाई पुष्पराजले अदालतमा लगेर अड्काएपछि अम्बिकालाई खटाइयो


काठमाडौं। सहसचिव पुष्पराज शाहीले धरान उपमहानगरपालिकामा भएको सरूवालाई चुनौती दिएपछि अम्बिकाप्रसाद चौलागाईं तत्कालका लागि खइटाएको छ।

सरकारले असोज १३ गते सहसचिव शाहीलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो। मन्त्रिपरिषद्को निर्णयविरुद्ध शाही प्रशासकीय अदालतमा गएर तत्कालका लागि सरूवा अड्काएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अम्बिकाप्रसाद चौलागाईं धरान उपमहानगरपालिका हेर्नेगरी खटाएको हो।

सहसचिवको दरबन्दी रहेको धरानमा शाहीले ‘हलो अड्काएपछि’ मन्त्रालयले उपसचिव चौलागाईंलाई धरान उपमहानगरपालिकाको समेत थप जिम्मेवारी दिएको छ। सरकारले धरानको आर्थिक तथा प्रशासनिक काम ठप्प हुन नदिन उक्त कदम चालेको हो।

चौलागाईं भूमि प्रशासन (मालपोत) कार्यालय धरानमा कार्यरत छन्। उनी धरान उपमहानगरपालिकाबाट सरूवा भएर धरान मालपोतको प्रमुख भएर गएका थिए। तर, पुष्पराज सरकारविरूद्ध खडा हुँदा अम्बिकालाई पुरानो अड्डा हेर्ने जिम्मेवारी आइपरेको हो।

बालेन मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिएर प्रशासकीय अदालतमा जाने पहिलो सहसचिव बनेका शाहीले अन्तरकालीन आदेश लिएर सामान्यको अतिरिक्तमा हाजिर गरिरहेका छन्। उनी खटाएको ठाउँमा जान नमान्दा अम्बिकालाई दोहोरो जिम्मेवारी आइपरेको छ। सरकारले पर्चा खडा गरेर एक्सन लिन ढिला गर्दा एउटै कर्मचारीले दोहोरो जिम्मेवारी लिनुपर्ने बाध्यता आइलागेको हो। अम्बिकालाई दोहोरो जिम्मेवारीबाट मुक्त गर्न तत्कालले बोल्ड निर्णय गर्नुपर्ने परिस्थिति निम्तिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ