भाषा आयोगको कामु सचिवको जिम्मेवारी डा. लोप्चनलाई
भाषा आयोगको कायममुकाय सचिवको जिम्मेवारी डा. लोकबहादुर लोप्चनले पाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपसचिव डा. लोप्चनलाई भाषा आयोगको कायममुकायम सचिवको जिम्मेवारी दिएको हो।
भाषा आयोगका सचिव (सहसचिव) रमेश प्रसाद मैनाली भदौ २१ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएपछि उक्त आयोग सचिवविहीन अवस्थामा थियो। शिक्षा प्रशासनका सहसचिवलाई भाषा आयोगको सचिवमा पठाइने गरेको छ। उक्त ठाउँमा शिक्षा प्रशासनका उपसचिव डा. लोप्चनलाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही अगाडि मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा अन्तर्गत सरूवा गरेर पठाएको थियो। संस्कृति मन्त्रालयमा पुगेपछि लोप्चनले भाषा आयोगको कायममुकायम सचिवको जिम्मेवारी पाएका हुन्। लोप्चनले यसअघि पनि भाषा आयोगको कायममुकायम सचिव भएर काम गरिसकेका छन्।
ट्याग : #डा. लोकबहादुर लोप्चन


तपाईको प्रतिक्रिया दिनुहोस