यी हुन् एक वर्ष बढी जागिर छदै राजीनामा दिएर हिँड्ने प्रशासनका सहसचिव
काठमाडौं। नेपाल प्रशासन सेवाका १० जना सहसचिवले एक वर्ष बढी जागिर छदै राजीनामा दिएर हिँडेका छन्। नेपाल प्रशासन सेवाका सहसचिवहरू प्रदिपराज अधिकारी, शिवादेवी दाहाल, उद्धवप्रसाद रिजाल, लोकप्रसाद न्यौपाने, गोपीकृष्ण कोइराला, ऋषिराज आचार्य, टेकनारायण पौडेल, योगेन्द्रप्रसाद पाण्डे र शंकरहरि आचार्यले एक वर्ष बढी जागिर छदै राजीमा दिएर हिँडेका हुन्। १० जना सहसचिव १ वर्षदेखि १० वर्ष बढी जागिर अवधि छदै सरकारी सेवाबाट बाहिरिएका छन्।
सहसचिव प्रदिपराज अधिकारीको १० वर्ष बढी जागिर बाँकी रहेको थियो। उनले राजीनामा दिएका छन्। राजीनामाको सुरूवात ३ वर्ष बढी जागिर बाँकी भएकी सहसचिव शिवादेवी दाहालले गरेकी हुन्। दाहाललाई पछ्याउँदै २ वर्ष बढी जागिर भएका सहसचिव लोकप्रसाद न्यौपानेले राजीनामा दिएका थिए। ३ वर्ष बढी जागिर भएका सहसचिव उद्धवप्रसाद रिजालले पनि राजीनामा दिएका छन्। डेढ वर्ष बढी जागिर छदै सहसचिवहरू गोपीकृष्ण कोइराला, ऋषिराज आचार्य, टेकनारायण पौडेलले राजीनामा दिएका हुन्।
एक वर्ष बढी जागिर भएका सहसचिवहरू योगेन्द्रप्रसाद पाण्डे र शंकरहरि आचार्यले पनि राजीनामा दिएर सरकारी सेवाबाट अलग भएका छन्। उक्त सूचीमा एक वर्ष बढी जागिर भएका झनककुमार खत्री पनि थपिएका हुन्।
चालू आर्थिक वर्षमै घर जाने सूचीमा रहेका सहसचिवहरू विनोद लामिछाने, चन्द्रबहादुर शिवाकाेटी, लेखनाथ ज्ञवाली, हरिप्रसाद घिमिरे, खिमबहादुर रायामाझी, रूद्रप्रसाद पण्डित, शिवराम गेलाल, केदारनाथ शर्मा, राजेन्द्रदेव पाण्डे, चन्द्रप्रसाद भुसाल, जनार्दन गौतम, रामहरि ज्ञवाली र पदमकुमार श्रेष्ठ राजीनामा दिएका हुन्। चालू आर्थिक वर्षमै जसरी भएपनि घर जाने १३ सहसचिव उक्त राजीनाको सूचीमा रहेका छन्। लोक सेवा आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको माग बमोजिम चालू आर्थिक वर्षमा अवकाशमा जाने सहसचिवलाई रिक्त मानेर विज्ञापन गर्ने गरेको थियो। चालू आर्थिक वर्षमा ५८ वर्ष पूरा भएर घर जाने उनीहरूले राजीनामा दिएपनि/ नदिएपनि उक्त ठाउँमा पदपूर्ति हुने थियो। चालू आर्थिक वर्षमा ५८ वर्ष पूरा भएर अवकाशमा जाने यी सहसचिवले राजीनामा दिएर बेलैमा बाटो तताएका हुन्।
सहसचिव विनोद लामिछाने, चन्द्रबहादुर शिवाकाेटी र लेखनाथ ज्ञवालीले राजीनामा नदिएको भएपनि असोजभित्रै घर गइसकेका हुने थिए। हरिप्रसाद घिमिरे मंसिर, खिमबहादुर रायामाझी र रूद्रप्रसाद पण्डित ५८ वर्ष पूरा भएर पुसमा अनिवार्य अवकाशमा जाँदै थिए। सहसचिव शिवराम गेलाल माघ, केदारनाथ शर्मा र राजेन्द्रदेव पाण्डे फागुन, चन्द्रप्रसाद भुसाल चैत, जनार्दन गौतम र रामहरि ज्ञवाली बैशाखमा ५८ वर्ष पूरा भएर घर जाने सूचीमा थिए। त्यस्तै पदमकुमार श्रेष्ठ जेठमा ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदै थिए। यी सहसचिवहरूले अवकाशको दिन नकुरी राजीनामा दिएर हिँडेका हुन्। कतिको १ डेढ महिना, कतिको २/३ महिना कतिको ४ /५ महिना र कतिको ५/६ महिना अगाडि नै राजीनामा दिएर हिँडेका हुन्। सहसचिव श्रेष्ठले त ७ महिना जागिर बाँकी छँदै राजीनामा दिएर बेलैमा बाटो तताएका छन्।
१ वर्ष बढी जागिर छदै राजीनामा दिने सहसचिवहरू
🌑प्रदिपराज अधिकारी १० वर्ष
🌑शिवादेवी दाहाल ३ वर्ष
🌑उद्धवप्रसाद रिजाल ३ वर्ष
🌑लोकप्रसाद न्यौपाने २ वर्ष
🌑गोपीकृष्ण कोइराला डेढ वर्ष
🌑ऋषिराज आचार्य डेढ वर्ष
🌑टेकनारायण पौडेल डेढ वर्ष
🌑योगेन्द्रप्रसाद पाण्डे १ वर्ष
🌑शंकरहरि आचार्य १ वर्ष
🌑झनककुमार खत्री १ वर्ष
चालू आर्थिक वर्षमा घर जाने सूचीमा रहेर राजीनामा दिने सहसचिव
🛑विनोद लामिछाने, असोज
🛑चन्द्रबहादुर शिवाकाेटी, असोज
🛑लेखनाथ ज्ञवाली,असोज
🛑हरिप्रसाद घिमिरे, मंसिर
🛑खिमबहादुर रायामाझी, पुस
🛑रूद्रप्रसाद पण्डित, पुस
🛑शिवराम गेलाल, माघ
🛑केदारनाथ शर्मा, फागुन
🛑राजेन्द्रदेव पाण्डे, फागुन
🛑चन्द्रप्रसाद भुसाल, चैत
🛑जनार्दन गौतम, वैशाख
🛑रामहरि ज्ञवाली, वैशाख
🛑पदमकुमार श्रेष्ठ, जेठ
क्याटेगोरी : समाचार
ट्याग : #उद्धवप्रसाद रिजाल, #ऋषिराज आचार्य, #गोपीकृष्ण कोइराला, #टेकनारायण पौडेल, #प्रदिपराज अधिकारी, #योगेन्द्रप्रसाद पाण्डे, #लोकप्रसाद न्यौपाने, #शंकरहरि आचार्य, #शिवादेवी दाहाल


तपाईको प्रतिक्रिया दिनुहोस