पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविरर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ


विराटनगर। मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिषामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरुको कागजात जफत गरी अध्यागमन बिभाग पठाइएको छ । शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिषामा आएका विदेशी नागरिक संलग्न भएकोले बिदेशी नागरिक अनुगमन जिल्ला समितको निर्णयले उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि बिभाग पठाइएको छ ।

गत कार्तिक ८ गते देखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकसहित सेवा दिइरहेका थिए। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए ।

स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यस अघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा संचालन गर्दै आएका थिए । मोरङको कानेपोखरी बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छ वटा साना–ठूला भवन निर्माण गरेको र सोही भवनमा हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको बिबाद सूरु भएपशुचा स्थानियलाइ खुसी पार्न किराना व्यवसायी नवराज श्रेष्ठले शिबिरको आयोजना गरेका थिए । हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ ।

सो कार्यक्रममा ब्राजिल, क्यानडा र अमेरिकाका गरी १० जना विदेशी नागरिकको रहेको पाइएको छ । उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको देखिन्छ । निम्न उल्लेखित विदेशी नागरिकमध्ये तीन जना ब्राजिलका, दुई जना क्यानडाका र पाँच जना अमेरिकी नागरिक रहेका छन् ।

1. MACIEL SANANA, BRENO, Passport No: FZ105414, Country: Brazil,

2. FRANK, FERNANDO AUGUSTO, Passport No: FT 280109, Country: Brazil,

3. VAZ BARBOSA, SAO PAULO, Passport No: G1998005, Country: Brazil,

4. LUIGI, MENEGUSSO VALENZI, Passport No: AN224289, Country: Canada,

5. EVELIN, MENEGUSSO FERNANDES, Passport No: P102426H0, Country: Canada,

6. PAULO ROBERTO, BECHARA, Passport No: A 81840247, Country: USA,

7. SELMA AUGUSTA, WEL BECHARA, Passport No: 658527592, Country: USA,

8. RALPH WARNER, CLARK, Passport No: 675266434, Country: USA,

9. KAREN CRISTINA, JARA, Passport No: 661422692, Country: USA,

10. Victoria Cristina, Jara-CLARK, Passport No: A23210248, Country: USA,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ