३०-५५ लागू भए निलम्बनबाटै घर जाने उच्च पदस्थ


काठमाडौं। ३०-५५ लागू भए भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा रहेका एक सचिव र ३ सहसचिव प्रभावित हुनेछन्।विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा रहेका सचिव डण्डुराज घिमिरे, सहसचिवहरू, गजेन्द्रकुमार ठाकुर, मदन दाहाल र लोकबहादुर सुनार ५५ वर्ष पूरा भइसकेका छन्। ५५ वर्ष उमेर पूरा भएकालाई अवकाश दिने कानुन लागू भए परेका १ सचिव र ३ सहसचिव निलम्बनबाटै अवकाशमा जानेछन्।

प्रशासन सेवाका सचिव डण्डुराज घिमिरे भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर सचिव घिमिरे निलम्बनमा परेका हुन्। उनी असार मसान्तमा अनिवार्य अवकाशमा जाने सूचीमा छन्। ३०-५५ लागू भए निलम्बनमा रहेका सचिव घिमिरे घर जानेछन्।

सचिव बढुवाको लाइनमा रहेका सहसचिव गजेन्द्रकुमार ठाकुर भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। मधेश प्रदेशको अर्थ सचिवको भूमिकामा रहँदा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएपछि सहसचिव ठाकुर निलम्बनमा परेका हुन्। दोहोऱ्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बनेका ठाकुर भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। ठाकुर ५६ वर्ष पूरा भइसकेकाले ३०-५५ लागू भए निलम्बनबाटै घर जानेछन्।

सम्पत्ति शुद्धीकरणदेखि विभिन्न मुद्दा लागेर निलम्बनमा परेका सहसचिव मदन दाहाल ५६ वर्ष पूरा भइसकेको छन्। ५५ वर्ष उमेर पुगेकालाई अवकाश दिने कानुन आए निलम्बित सहसचिव दाहाल पनि घर जानेछन्।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका अर्का सहसचिव लोकबहादुर सुनार ५७ वर्ष पूरा हुन लागेका छन्। २ वर्ष आगाडि मात्र सहसचिव भएका सुनारविरूद्ध ३ वटा मुद्दा लागिसकेको छ। मुद्दाले थिचिएका सुनार पनि ५५ वर्ष पूरा भएकालेलाई अवकाश दिँदा निलम्बनबाटै घर जानेछन्। ३०-५५ लागू भए निलम्बित सचिव घिमिरे सहसचिवत्र ठाकुर, दाहाल र सुनार अवकाशमा जाने देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ