सामान्य प्रशासन मन्त्रालयको जगेडामा ३ सहसचिव


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा ३ सहसचिव रहेका छन्। नेपाल प्रशासन सेवाका सहसचिवहरू गोविन्दप्रसाद अधिकारी, सुशील ढकाल र रूद्रप्रसाद लामिछाने सामान्यको जगेडामा रहेका हुन्। उनीहरू सबै अवकाशको मुखमा रहेका छन्।

सामान्यको जगेडामा रहेका सहसचिव लामिछाने भोलि (१८ गतेबाट) अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। लामिछाने भोलिबाट जुन हिसाबले पनि घर जानेछन्।

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव सुशील ढकाल मंसिर ११ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनको एक महिना पनि जागिर बाँकी छैन। लामिछानेपछि उनी जागिरको दिनगन्ती सुरु भइसकेका प्रशासन सेवाका सहसचिव छन्।

सामान्यको जगेडामा रहेका अर्का सहसचिव गोविन्दप्रसाद अधिकारीको १ वर्ष बढी जागिर बाँकी छ। जगेडामा रहेका तीन सहसचिवमध्ये अधिकारीको जागिर अवधि बढी देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ