बीमा प्राधिकरणको अध्यक्षदेखि नेप्सेको कार्यकारी अधिकृतसम्म नियुक्त


काठमाडौं। सरकारले अर्थ मन्त्रालय अन्तर्गत नेपाल बीमा प्राधिकरणको अध्यक्षदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे प्रमुख कार्यकारी अधिकृतसम्म निपुक्त गरेको छ। अर्थ मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको हो। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापालाई अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुधबार पद तथा गोपनीयताको शपथ गराएका छन्। प्राधिकरणका नवनियुक्त अध्यक्ष थापा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्।

त्यस्तै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषकाे कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ हो। अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई नेप्सेको कार्यकारी निर्देशक र भण्डारीलाई सुरक्षण कोषकाे कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। सुवेदी र भण्डारीले बुधबार नियुक्ति बुझेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ