तिहारमा स्वास्थ्यका आचार्यसहित ३ उपसचिव घर गए


काठमाडौं। तिहारमा स्वास्थ्यका रामप्रसाद आचार्यसहित ३ उपसचिव घर गएका छन्। उपसचिवत्रय आचार्य विष्णुप्रसाद ज्ञवाली र बालकृष्ण ढकाल ५८ वर्ष पूरा भएर तिहारको बिदामा अनिवार्य अवकाशमा गएका हुन्।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा काजमा खटिएका नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका उपसचिव रामप्रसाद आचार्य ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका छन्। दरबन्दी बिनै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा काजमा खटिएका शक्तिशाली उपसचिव आचार्य ५८ वर्ष पूरा भएर घर गएका हुन्।

त्यस्तै तिहार बिदाकै बीचमा महालेखा नियन्त्रक कार्यालयका उपसचिव विष्णुप्रसाद ज्ञवाली, लोक सेवा आयोगका उपसचिव बालकृष्ण ढकाल अनिवार्य अवकाश गएका छन्। उनीहरू दुबैजना ५८ वर्ष पूरा भएर घर गएका हुन्।

महालेखा नियन्त्रक कार्यालयको कर्मचारी प्रशासन शाखा (क) हेर्ने उपसचिव ज्ञवाली कार्तिक २१ गते, उपसचिव ढकाल कार्तिक २२ गते अवकाशमा गएका छन्। तिहार मात्र सामान्य प्रशासन समूहका ३ उपसचिव ५८ वर्ष पूरा भएर घर गएका हुन्। उनीहरू ३०-५५ लागू हुनुभन्दा अगाडि नै ५८ वर्ष पूरा गरेर घर जान सफल भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ