मोरङ र पर्सासहित १७ जिल्लाका फेरिए प्रहरी ‘कमाण्डर’


काठमाडौं। मोरङ र पर्सासहित १७ जिल्लाका प्रहरी कमाण्डर फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले ६० प्रहरी उपरीक्षक (एसपी) सरूवा गर्दा मोरङ र पर्सासहित १७ जिल्लाको कमाण्डर फेरेको हो। मोरङको एसपीमा दिलिपकुमार गिरी र पर्साको एसपीमा पवनकुमार भट्टराईलाई पठाइएको छ। मोरङका एसपी कवित कटवाल प्रहरी महानिरीक्षकको सचिवालय र पर्साका एसपी सुदिप राज पाठक विशेष ब्यूरोमा खटिएका हुन्।

त्यस्तै कास्कीको एसपीमा मोहनबहादुर खाण, भक्तपुरको एसपीमा रूकेश तण्डुकार, उदयपुरको एसपीमा धर्मराज भण्डारी, दाङको एसपीमा श्यामु अर्याल, बाँकेको एसपीमा नवराज मल्ल, तनहुँको एसपीमा नरेशराज सुवेदी, सिन्धुपाल्चोकको एसपीमा निरञ्जन दत्त भट्ट, नवलपरासी पूर्वको एसपीमा निर्मल बुढाथोकी र बाराको एसपीमा कुमार विक्रम थापा सरूवा गरिएको छ।

सुनसरीको एसपीमा पुष्पराज मल्ल, सप्तरीको एसपीमा रूपक खड्का, पाल्पाको एसपीमा रविन श्रेष्ठ, कैलालीको एसपीमा यादव ढकाल, धादिङको एसपीमा भरत लामा र बर्दियाको एसपीमा बाल नरसिंह राणा सरूवा भएका छन्। ६० एसपी सरूवा हुँदा १७ जिल्लाका कमाण्डर फेरिएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ