लेखापरीक्षण सेवाको सहसचिव: जेष्ठतामा रघुपति, कार्यक्षमतामा महेश
काठमाडौं। लेखापरीक्षण सेवाको सहसचिव (नायब महालेखापरीक्षक) बढुवाको प्रक्रिया अघि बढेको छ। सहसचिव बढुवाको सम्भावित सूची हेर्दा जेष्ठतामा रघुपति महत र कार्यक्षमतामा महेश पौडेल सिफारिस हुने देखिन्छ।
लेखापरीक्षण सेवाको सहसचिव पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा १ जना बढुवा हुनेछन्। १ सिटमा हुने बढुवाका लागि रघुपति महत, महेश पौड्याल, दिनेश मिश्र र कुलचन्द्र भण्डारी सम्भाव्य उम्मेदवारको सूचीमा परेका छन्। उक्त एक सिटमा रघुपति महत बढुवा हुने निश्चित छ।
त्यस्तै कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवामा महेश पौड्यालको उच्च सम्भावना छ। १ सिट रिक्त रहेकोमा उनी बलियाे देखिएका हुन्। लेखापरीक्षण सेवाको सहसचिवमा रघुपति महत, महेश पौड्याल सिफारिस हुने देखिन्छ। उनीहरू बढुवा हुने निश्चित जस्तै देखिन्छ।
ट्याग : #कुलचन्द्र भण्डारी, #दिनेश मिश्र, #महेश पौड्याल, #रघुपति महत


तपाईको प्रतिक्रिया दिनुहोस